Like us!
Follow us!

प्रभु सेलेक्ट फण्डमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

प्रभु सेलेक्ट फण्डमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

लगानी खबर, काठमाडाैँ - प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबारदेखि बिक्रीमा ल्याएको 'प्रभु सेलेक्ट फण्ड' नामक सामुहिक लगानी कोषमा लगानीकर्ताकाे आकर्षण बढ्दाे छ ।

शुक्रबारसम्ममा मागभन्दा १.५३ गुणा धेरै इकाईका लागि आवेदन परिसकेको क्यापिटलले जनाएको छ । तेश्राे दिनसम्ममा ५६ हजार ३ सय १२ जना आवेदकबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रुपैयाँ बराबरको १३ करोड ६ लाख २० हजार ६ सय ईकाइका लागि आवेदन परेकोे हो  ।

क्यापिटलले १ अर्ब रकम बराबरको १० करोड इकाईहरु निष्कासन गरेकाे हाे । जसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई छुट्याइएकाे छ । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो ।

लगानीकर्ताले यस फण्डमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म न्युनतम १ सय इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । 

याे पनि :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।