प्रभु सेलेक्ट फण्डमा लगानीकर्ताको आकर्षण : २ दिनमै मागभन्दा बढी आवेदन
लगानीखबर
शुक्रबार, ०७ जेठ २०७८, ११ : ५८
मा प्रकाशित
लगानी खबर, काठमाडाैँ - प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबारदेखि बिक्रीमा ल्याएको 'प्रभु सेलेक्ट फण्ड' नामक सामुहिक लगानी कोषमा लगानीकर्ताकाे आकर्षण बढ्दाे छ ।
२ दिनमा नै कुल इकाईको १०४ प्रतिशत इकाईका लागि आवेदन परिसकेको क्यापिटलले जनाएको छ । बिहिबार साँझसम्ममा ४० हजार ५ सय १२ जना आवेदकले १ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको १० करोड ४ लाख ८८ हजार ईकाइका लागि आवेदन दिएका हुन् ।
क्यापिटलले १ अर्ब रकम बराबरको १० करोड इकाईहरु निष्कासन गरेकाे हाे । जसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई छुट्याइएकाे छ । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो ।
लगानीकर्ताले यस फण्डमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म न्युनतम १ सय इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् ।
याे पनि :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।