Like us!
Follow us!

सिनर्जी पावरको नाफासँगै विद्युत बिक्री आम्दानी घट्यो, ईपीएस कति ?

सिनर्जी पावरको नाफासँगै विद्युत बिक्री आम्दानी घट्यो, ईपीएस कति ?

लगानी खबर, काठमाडौं - सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.५५ प्रतिशतले घटेर ६ करोड २६ लाख ५३ हजार रुपैयाँ सिमित भएको छ । गत वर्ष यस कम्पनीले ७ करोड २४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ  । विद्युत् बिक्रीबाट आम्दानी एक करोड ७५ लाख रुपैयाँले घटेर १५ करोड ४ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्ष कम्पनीले विद्युत बिक्री आम्दानीबाट १६ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ३४ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर ११ रुपैयाँ ३९ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १०८ रुपैयाँ ६६ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :- 

60a7287a4c966.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।