Like us!
Follow us!

अपि पावरद्वारा स्वास्थ्य सामाग्री वितरण

अपि पावरद्वारा स्वास्थ्य सामाग्री वितरण

लगानी खबर, काठमाडौँ - अहिलेकाे महामारीकाे अवस्थामा केही सहयाेग पुर्याउने उद्देश्यले अपि पावर कम्पनी लिमिटेडले स्वास्थ्य सामाग्री वितरण गरेकाे छ ।

कम्पनीले  दार्चुला जिल्लाकाे मार्मा गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर, गोकुलेश्वर प्रहरी कार्यलयमा १० थान अक्सिजन सिलिण्डर र जिल्ला प्रहरी कार्यलय दार्चुलालाई १५ थान अक्सिजन सिलिण्डर गरी कूल ३५ थान अक्सिजन सिलिण्डर वितरण गरेकाे हाे । यसका साथै, कम्पनीले मार्मा गाऊँपालिका वडा नं २ लाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको छ ।

उक्त सामाग्रीहरू कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरेका हुन् ।

अपि पावर कम्पनी लिमिटेडले दार्चुला जिल्लामा ४० मेगावटको माथिल्लो चमेलिया आयोजना निर्माण गरिहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।