लगानी खबर, काठमाडौँ - यस साता बुधबारसम्म लगातार नयाँ रेकर्ड बनाएकाे सेयर बजार साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सम्म पनि सामान्य अंकले बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ मा पुगेकाे छ । नेप्से ०.२३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ४९८.९७ मा पुगेको छ ।
कूल २१४ वटा कम्पनीकाे एक कराेड ९९ लाख ६६ हजार ६ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २२ करोड एक लाख ९७ हजार २ सय २६ रूपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
त्यसैगरी, बिहीबार २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड र गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यसका साथै, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड, युनाइटेड इदी मर्दी, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे छ । बिहीबार नेपाल पूनर्बीमा कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । यता पाँचथर पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
हेराैं आजकाे सेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।