Like us!
Follow us!

प्रभु इन्स्योरेन्सको १०.५३% लाभांश पारित

प्रभु इन्स्योरेन्सको १०.५३% लाभांश पारित

लगानी खबर, काठमाडौं -  प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २५ औँ वार्षिक साधारण सभा आज (जेठ ६ गते, बिहीबार) काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । सभामा कम्पनीका शेयरधनीहरुले जुम मार्फत आफ्नो विचार व्यक्त गरेका थिए ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

सभाले वर्तमान लेखापरीक्षक मदन निरौला एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले प्रवन्धपत्रको दफा 'घ' मा कम्पनीको उद्देश्य अन्तर्गत सामूहीक लगानी कोष योजना सञ्चालन गर्ने/गराउने विषय पनि थप गरेको छ । सभाले सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।