Like us!
Follow us!

लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारण सभाको आह्वान गरेको छ ।

कम्पनीको हिजो (बैशाख ५ गते, बुधबार)  बसकोे संचालक समितिको बैठकले गरेको निर्णयानुसार जेठ २८ गते काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ। 

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ। जसमा ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर रहेको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।