लगानी खबर, काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
यसका लागि संस्थाले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
आईपीओ निष्काशनको लागि भएको सम्झौतापत्रमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विश्वप्रकाश प्रसाईले हस्ताक्षर गरेका छन् ।
कम्पनीको अघिल्लो आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन अनुसार कम्पनीको सेयर पुँजी १७ करोड २१ लाख ५० हजार रुपैयाँ रहेको छ, भने संस्थाको जेगेडा कोषमा २७ करोड ७८ लाख रुपैया जम्मा छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
पर्वतको कुश्मामा केन्द्रिय कार्यलय रहेको संस्थाले विभिन्न ५६ शाखाहरु मार्फत ७८ हजार घरधुरीमा सेवा प्रवाह गरिरहेको जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।