Like us!
Follow us!

सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य फेरि  बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लगानीखबर काठमाडौं,  नेपाली बजारमा सुनको मूल्य फेरी उकालो लाग्न थालेको छ । आज पनि सुनको मूल्य सामान्य बढेको छ ।

आज (सोमबार) छापावाला सुनको मूल्य तोलाको ३ सय रूपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको थियो । आइतबार पनि सुनको मूल्य प्रतितोला ३ सयले बढेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।