Like us!
Follow us!

नेशनल हाईड्रो पावरको साधारण सभा स्थगित

नेशनल हाईड्रो पावरको साधारण सभा स्थगित

लगानी खबर, काठमाडौं - नेशनल हाईड्रो पावर कम्पनीको वार्षिक साधारण सभा अनिश्चितकालको लागि स्थगित भएको छ  । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिले कम्पनीको २४औं सभा चैत २७ गते तोकिएकोमा उक्त सभामा गुणपुरक संख्या नपुगी स्थगित गरिएको थियो  ।

हाल कोरोनाको दोस्रो लहरका कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी छ  । सो अवस्थामा सभा सम्मेलनहरु गर्न नपाउने भने सार्वजनिक सूचना समेत जारी भएकोले उक्त स्थगित सभा अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

60a4caa8c54c9.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।