Like us!
Follow us!

नेशनल लाईफ इन्स्योरेन्सको सीईओमा सुरेश प्रसाद खत्री

नेशनल लाईफ इन्स्योरेन्सको सीईओमा सुरेश प्रसाद खत्री

लगानी खबर, काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् ।

कम्पनीले बीमा समितिको जेठ ३ गते पत्रबाट स्वीकृति प्राप्त भए अनुसार यस कम्पनीको हिजो (जेठ ४ गते, मंगलबार) बसेको संचालक समितिको बैठकले हालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत खत्रीलाई नियुक्त गरेको हो ।

खत्रीलाई जेठ ३ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि करारमा नियुक्ति अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।