Like us!
Follow us!

निषेधआज्ञाका कारण बैंक अफ काठमाण्डूको लिलामी शेयर स्थगित

निषेधआज्ञाका कारण बैंक अफ काठमाण्डूको लिलामी शेयर स्थगित

लगानीखबर, काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडको लिलामी मार्फत बिक्री खुल्ला गरेको ३१६,१५६ कित्ता संस्थापक समूहको शेयर स्थगित गरिएको छ ।
बैंकले गत भाद्र १ देखी ८ गतेसम्म बिक्री खुल्ला गरेता पनि काठमाडौंमा जारी गरेको निषेधआज्ञाका कारण बोलपत्र खरिद तथा दाखिल गर्ने समय भाद्र १५ गतेसम्म पुर्याइएको थियो । फेरि भाद्र १५ गतेसम्म पनि निषेधाज्ञा नै भएकाले हालका लागि लिलामी मार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर स्थगित गरिएको बैंकले जानकारी गराएको छ ।
त्यसैगरी, स्थिती सामान्य भए पश्चात सार्वजनिक सूचना प्रकाशन गरि बोलपत्र खरिद तथा दाखिला गर्न थप समय राखी पुन सूचारू गरिने बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।