लगानी खबर, काठमाडौं- प्रभु क्यापिटलले आज (जेठ ५ गते, बुधबार) देखि प्रभु सेलेक्ट फन्ड नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेको छ । यो सातवर्षे बन्दमुखी योजना हो ।
प्रभु बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले एक अर्ब रुपैयाँको १० करोड इकाईहरु निष्काशन गर्न लागेको हो। जसमध्ये बीज पूँजी वापत न्युनतम १ करोड ५० लाख वा बिक्री भएको इकाईको १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्द्धक प्रभु बैंकका लागि १४ प्रतिशत छुट्याइएको छ । प्रभु क्यापिटलले एक प्रतिशत इकाई राख्नेछ भने बाँकी रहेको ८५ प्रतिशत अर्थात ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ।
उक्त इकाई आज जेठ ५ गतेबाट निष्काशन हुनेछ। लगानीकर्ताले उक्त इकाईमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले उक्त इकाईमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । इकाईको अंकित मूल्य १० रुपैयाँ छ।
उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।