लगानी खबर, काठमाडौँ - सेयर बजारमा उत्साह जारी नै छ । नेपाली सेयर बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ लम्किरहेकाे छ । आइतबारदेखि लगातार नयाँ रेकर्ड बनाइरहेकाे सेयर बजारले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेकाे छ । मंगलबार नेप्से सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाएका छन् ।
मंगबार सेयर बजार नेप्से २७९३.८९ विन्दुमा पुगी बन्द भएकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । हिजाे साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ मा बन्द भएकाे थियाे । नेप्सेले आज साेही विन्दुलाई ताेडी नयाँ रेकर्ड बनाएकाे हाे । नेप्से परिसूचकका साथसाथै काराेबार रकममा पनि उछाल आएकाे छ । मंगलबार काराेबार रकम ११ अर्ब नाघेकाे छ । याे रकम हालसम्म कै उच्च हाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ मा पुगेकाे छ । नेप्से १.२६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.६४ अंकले बढेर ४९७.२२ मा पुगेको छ ।
कूल २१५ वटा कम्पनीकाे २ कराेड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार साेमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन बाहेक सबै उपसमूहकाे सेयर बढेकाे छ ।
त्यसैगरी, मंगलबार घलेम्दी हाइड्राेपावर, हिमाल दाेलखा हाइड्राेपावर, समता घरेलु लघुवित्त लगायतका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा नेपाल टेलिकम, अपर तामाकाेशी लगायतका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । मंगलबार काराेबार रकमकाे आधारमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड अग्र स्थानमा छ ।
हेराैं आजकाे सेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।