लगानी खबर, काठमाडौं – नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वैशाख महिनामा २२ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । वैशाख महीनामा धितोपत्र बजारमा २ वटा नयाँ कम्पनी थपिएका छन् । रूरू जलविद्युत परियाेजना लिमिटेड र सिंगटी हाइड्राेपावर इनर्जी कम्पनी लिमिटेड धितोपत्र बजारमा वैशाख महिनामा थपिएका नयाँ कम्पनी हुन् । यी २ वटा नयाँ कम्पनीसहित वैशाख महिनामा २२ वटा कम्पनीकाे सेयर थपिएको छ ।
हेर्नुस् कुनकाे कति कित्ता ?
१. कुमारी क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको कुमारी इक्वीटी फण्डको १० करोड इकाई वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई छुट्याएको थियो ।
२. साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ लाख ५७३ दशमलव ५६ कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४७४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
३. नागरिक लगानी कोषको एक करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म १:०८२८४ अर्थात एक कित्ता सेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।
४. गरिमा विकास बैंक लिमिटेडको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३.५० प्रतिशत बोनस शेयर र ०..७१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
५. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको एक करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
६. साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । संस्थाले आर्थिक वर्ष २०७५/७६ काे वितरण योग्य मुनाफाबाट १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार १ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे ।
७. नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । बैंकले १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।
८. छ्याङ्दी हाइड्रोपावर लिमिटेडको एक लाख ४१ हजार ७५० कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
९. गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे ८.४ प्रतिशत बाेनस बापतकाे ६ लाख ७२ हजार कित्ता सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ८.४ प्रतिशत बोनस शेयर र ३.६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।
१०. सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे एक करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।
११. मल्टीपर्पस फाइनान्स लिमिटेडको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे ।
१२. समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित नाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको थियाे ।
१३. रु रु जलविद्युत परियोजना लिमिटेडको ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर आईपीओ वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले चैत्र २४ गते, मंगलबारसम्म १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।
१४. सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले कम्पनीका सेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।
१५. समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:०.८० काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
१६. एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख २२ हजार ८ सय १४ कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले कम्पनीका सेयरधनीहरूलाई २.८५ प्रतिशत बोनस सेयर र ०..१५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।
१७. स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
१८. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५२६ प्रतिशत नगद लाभांश (कर सहित) गरि कूल १०.५२६ प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियाे ।
१९. प्राइम कमर्सियल बैंक लिमिटेडको २ करोड ९ लाख ७७ हजार ८ सय ७४ दशमलव २५ कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त बाेनस पाैष २९ गते, बुधबार, बैंककाे केन्द्रिय कार्यालय, काठमाडाैँमा सम्पन्न भएकाे बैंककाे १३औं वार्षिक साधारण सभाले पारित गरेकाे थियाे ।
२०. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ६६ हजार १ सय १७ कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे ।संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त लाभांश फागुन २८ गते, शुक्रबार ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा सम्पन्न भएकाे संस्थाकाे चाैँथाे वार्षिक साधारण सभाले पारित गरेकाे थियाे ।
२१. इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश माघ २४ गते, शनिबार संस्थाकाे केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपुरमा सम्पन्न भएकाे चौधौँ वार्षिक साधारण सभाले पारित गरेकाे थियाे ।
२२. साहारा विकास बैंक लिमिटेडको १ लाख ६७ हजार ८ सय ८८ दशमलव ०४ कित्ता बोनस सेयर वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । बैंकले गत आर्थिक वर्षकाे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २३ प्रतिशत बोनस सेयर र १.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।