Like us!
Follow us!

७ कम्पनीको सेयरमा सकारात्मक सर्किट, २० कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि

७ कम्पनीको सेयरमा सकारात्मक सर्किट, २० कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि

लगानी खबर, काठमाडौं - मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको २ घण्टामै ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज घलेम्दी हाइड्रोपावर नेशनल हाइड्रो पावर, ओरेन्टल होटल, बेष्ट फाइनान्स, समता घरेलु लघुवित्त, शिव श्री हाइड्रोपावर  र सोल्टी होटेलको सेयरमूल्य १० प्रतिशतले बढेको हो । 
त्यसैगरी,  २० वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । अन्य २० वटा कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

नेपाल फाइनान्स, तारागाउँ रेजेन्सी होटल, राधी विद्युत कम्पनी, रुरु जलविद्युत परियोजना, रिडी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर लगायत कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २४.७३ अंकले बढेर २७८३.७३ विन्दुमा पुगेको छ भने ४ अर्ब ९४ करोड भन्दा माथिको कारोबार भएको छ ।

60a36b49d2e44.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।