Like us!
Follow us!

निर्धन उत्थान लघुवित्तले जेठ १३ गतेदेखि १ लाखभन्दा बढी कित्ता सेयर लिलामीमा ल्याउँदै

निर्धन उत्थान लघुवित्तले जेठ १३ गतेदेखि १ लाखभन्दा बढी कित्ता सेयर लिलामीमा ल्याउँदै

लगानी खबर, काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाखभन्दा बढी कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । संस्थाले १ लाख ५ हजार ५९२ कित्ता सेयर जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बिक्री खुल्ला गर्ने भएको हो । 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० तोकिएको छ । त्यसैले उक्त सेयरमा बोलकबोल गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न सक्नेछन्। 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ । 

उक्त सेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले गर्नेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् : -

60a32e6321535.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।