Like us!
Follow us!

नेशनल लाइफको सीईओमा खत्री नियुक्त

नेशनल लाइफको सीईओमा खत्री नियुक्त

लगानी खबर, काठमाडौँ - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । उनको नियुक्तीलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेको छ ।

कम्पनीको  सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्न सिफारिस  गरी  बीमा समितिसँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो ।

गत  पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायव प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।  बैङगलोरबाट एमबिए गरेका खत्रिको बिमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।