Like us!
Follow us!

राष्ट्र बैंकले १३ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले १३ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै

लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले १३ अर्ब ७४  करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।  मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । 

बैंकले ९१ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी भदौ १ गते परिपक्व हुनेछ । 


१८२ दिनको लागि ९ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी कात्तिक ३० गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ जेठ ३ गते परिपक्व हुनेछ । 

60a1e24676498.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।