Like us!
Follow us!

बुक बिल्डिङ्गबाट निष्कासन हुने आईपीओको मूल्य तोक्न थप ५ कम्पनीलाई सेबोनको स्वीकृति

बुक बिल्डिङ्गबाट निष्कासन हुने आईपीओको मूल्य तोक्न थप ५ कम्पनीलाई सेबोनको स्वीकृति

लगानी खबर, काठमाडौं – नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताकाे रूपमा काम गर्न थप ५ कम्पनीलाई स्वीकृति प्रदान गरेकाे छ । याे सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीकाे संख्या ८८ पुगेकाे छ ।

यसअघि बाेर्डले पहिलाे चरणमा ४६ वटा, दोस्रो चरणमा थप १८ वटा, तेस्रो चरणमा १० वटा कम्पनी र चौथो चरणमा ९ कम्पनीलाई स्वीकृति दिएको थियो  । 

थपिएका कम्पनीहरूमा सिबिआइएल क्यापिटल लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, एनआरएन इन्फ्रास्ट्रकचार एण्ड डेभलपमेन्ट लिमिटेड र कुमारी इक्विटी फण्ड रहेका छन् । 

योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीहरू यस प्रकारका छन् :

60a10cb36d0c7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।