लगानी खबर, काठमाडौं - आज सेयर बजार सर्वाधिक उच्च विन्दुमा पुगी बन्द भएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले बढेर हालसम्मकै उच्च अर्थात् २७३८.२९ विन्दुमा पुगेकाे हाे ।
आइतबार युनियन हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०५ प्रतिशतले घटेर २ सय ७ रूपैयाँमा झरेकाे छ ।
यस दिन सबैभन्दा धेरै गुमाउने दाेश्राे सूचीमा आँखुखाेला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य ३.९० प्रतिशतले घटेर एक सय ९७ रूपैयाँमा झरेकाे छ ।
आज सबैभन्दा धेरै गुमाउने तेश्राे सूचीमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । बैंककाे सेयरमूल्य ३.८५ प्रतिशतले घटेर ६ सय २४ रूपैयाँमा झरेकाे छ ।
त्यसैगरी, क्रमश : घलेम्दी हाइड्राे लिमिटेडकाे सेयरमूल्य ३.७७ प्रतिशतले घटेर २ सय ४ रूपैयाँमा, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे सेयरमूल्य ३.४२ प्रतिशतले घटेर ७ सय ६३ रूपैयाँमा, लिबर्टी इनर्जी कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.३६ प्रतिशतले घटेर ३ सय ७४ रूपैयाँमा, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.३३ प्रतिशतले घटेर २ सय ९० रूपैयाँमा, खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ३.०९ प्रतिशतले घटेर एक सय ८८ रूपैयाँमा, जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य २.९७ प्रतिशतले घटेर एक सय ९६ रूपैयाँमा र हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य २.९० प्रतिशतले घटेर २ सय एक रूपैयाँमा झरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।