लगानी खबर, काठमाडौं - कारोबार साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा उत्साह देखिएको छ । आज सेयर बजारले नयाँ रेकर्ड राखेको छ भने १० अर्ब भन्दा धेरै रकमको कारोबार भएको छ । आज नेप्से परिसूचक अलटाइम हाइ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्से परिसूचक ५४.२१ अंकले बढेर २७३१.२९ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो । यसअघि वैशाख २ गते २७३५.४६ विन्दुमा पुगेर बजारले नयाँ रेकर्ड राखेको थियो । आज नेप्से २.०२ प्रतिशतले बढेको हो । त्यसैगरी, सेन्सेटिभ परिसूचक ८.६४ अंकले बढेर ४८८.१४ मा पुगेको छ ।
आज कूल २१४ कम्पनीको २ करोड ५ लाख ९१ हजार १६० कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब २ करोड ६६ लाख २८ हजार ११६ रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा उत्साह देखिँदा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ८२ करोड ६८ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता १६५० कायम भएको छ ।
त्यसैगरी एनसीसी बैंक लिमिटेडले ३० करोड २१ लाख ४६ हजार ४०३ रुपैयाँको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३७४ रुपैयाँ रहेको छ ।
सर्वाधिक कारोबार गर्ने १० कम्पनीहरुको तेस्रो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेको छ । बैंकले २८ करोड ४६ लाख ८६ हजार ४६७ रुपैयाँको कारोबार गरेको छ । हाल बैंकको सेयरमूल्य ५४६ रुपैयाँ रहेको छ । कम्पनीले हालसालै मात्र सबैभन्दा ठूलो आईपीओ निष्काशन गरी सर्वसाधारणमा बिक्री गरेको थियो ।
त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले २४ करोड ५३ लाख १९ हजार ५१४ रुपैयाँ बराबरको कारोबार गरेको छ । आज कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५५ कायम भएर अन्तिम कारोबार भएको छ ।
आज शिखर इन्स्योरेन्स कम्पनीले २३ कतोड़ ७२ लाख ८८ हजार ८८६ रुपैयाँको कारोबार गरेको छ । हाल कम्पनीको बजारमूल्य २ हजार १२८ रुपैयाँ कायम भएको छ ।
यता आइएमई जनरल इन्स्योरेन्सले पनि आज २२ करोड ३१ लाख ६४ हजार ५१३ रुपैयाँको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता एक हजार २५४ रुपैयाँ कायम भएको छ ।
आइतबार सेयरमूल्य ६८३ कायम भएको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले २१ करोड ९१ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले २० करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६३ रुपैयाँ कायम भएको छ ।
आइतबार नबिल बैक लिमिटेड पनि सर्वाधिक कारोबार गर्ने १० कम्पनीहरुको सूचीमा बैंकले १९ करोड ४६ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । यस्तै अरुण कावेली पावर लिमिटेडले १७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । यी २ कम्पनीको सेयरमूल्य क्रमशः एक हजार २ सय ९३ र ३६२ रुपैयाँ कायम भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।