Like us!
Follow us!

शेयर बजारमा देखियाे यस्तो माहोल !!

शेयर बजारमा देखियाे यस्तो माहोल !!

लगानीखबर काठमाडौं, साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार सामान्य अंकले बढेकाे छ । काराेबार सुरू भएको केही समय पछि नै टिएमएसमा समस्या दखिन थालेको थियो  । जसकाे कारणले शेयर खरिदबिक्रीमा निकै असर परेको थियो  । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.६४ अंकले बढेर एक हजार ४६२.६७ मा पुगेकाे छ । नेप्से ०.३२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.८० अंकले घटेर २९६.२९ मा पुगेको छ ।

कूल १८६ वटा कम्पनीकाे ३६ लाख ८५ हजार ९ सय ६३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३ सय रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।