Like us!
Follow us!

रु रु जलविद्युत र शिखर इन्स्योरेन्ससहित यी १० कम्पनीका लगानीकर्ता मालामाल

रु रु जलविद्युत र शिखर इन्स्योरेन्ससहित यी १० कम्पनीका लगानीकर्ता मालामाल

लगानी खबर, काठमाडौँ - आज (आइतबार) नेपाली सेयर बजार उच्च विन्दुमा पुगेकाे छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले बढेर हालसम्मकै उच्च अर्थात् २७३८.२९ विन्दुमा पुगेकाे हाे ।

नेप्से उच्च विन्दुमा पुगेकाे दिन रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ८० रूपैयाँमा पुगेकाे छ । सबैभन्दा धेरै मूल्य बढ्ने दाेश्राे सूचिमा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २ हजार एक सय २८ रूपैयाँमा पुगेकाे छ । यस दिन सर्वाधिक मूल्य बढ्ने कम्पनीकाे तेश्राे सूचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९५ प्रतिशतले बढेर एक हजार २ सय ८२ रूपैयाँ पुगेकाे छ ।

त्यसपश्चात् क्रमश : सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.९० प्रतिशतले बढेर २ सय २२ रूपैयाँ पुगेकाे छ । प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९० प्रतिशतले बढेर २ सय २२ रूपैयाँ पुगेकाे छ । बरूण हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८३ प्रतिशतले बढेर ३ सय २४ रूपैयाँ पुगेकाे छ । आइएमइ जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.७६ प्रतिशतले बढेर एक हजार २ सय ६० पुगेकाे छ । विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.३७ प्रतिशतले बढेर ६ हजार ४ सय ७९ पुगेकाे छ । सिन्धु विकास बैंक लिमिटेडकाे सेयरमूल्य ७.७८ प्रतिशतले बढेर २ सय ७७ रूपैयाँ पुगेकाे छ । प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ७.५६ प्रतिशतले बढेर ८ सय ३९ रूपैयाँ पुगेकाे छ ।

60a0f48221c14.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।