Like us!
Follow us!

सेयर बजारले चुम्याे नयाँ इतिहास, लगानीकर्ता उत्साहित

सेयर बजारले चुम्याे नयाँ इतिहास, लगानीकर्ता उत्साहित

लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाली सेयर बजारले नयाँ इतिहास कायम गरेकाे छ । यसअघि वैशाख २ गते २७३५.४ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । आइतबार सेयर बजार २७३८.२९ विन्दुमा पुगेकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । 

नेप्से सूचकका साथसाथै काराेबार रकममा पनि उछाल देखिएकाे छ । सेयर बजारमा सकारात्मक माहाेल देखिँदा लगानीकर्ताहरू पनि आकर्षित छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले बढेर २७३८.२९ मा पुगेकाे छ । नेप्से २.०२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.६४ अंकले बढेर ४८८.१४ मा पुगेको छ ।

कूल २१४ वटा कम्पनीकाे २ कराेड १३ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रूपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । 

त्यसैगरी, आइतबार रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । काराेबार रकमकाे आधारमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गरेकाे छ । यस दिन युनियन हाइड्राेपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

हेराैं आजकाे सेयर तालिका :

60a0e9f951e6a.jpg 60a0e9fed0c60.jpg 60a0ea04a5a66.jpg 60a0ea0a3d3b2.jpg 60a0ea0ecf6bd.jpg 60a0ea148d05f.jpg 60a0ea1a5ad5c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।