Like us!
Follow us!

९ कम्पनीको लिलामी सेयर धमाधम बिक्रीमा, हेर्नुस् कुनको कति कित्ता ?

९ कम्पनीको लिलामी सेयर धमाधम बिक्रीमा, हेर्नुस् कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं – हाल बजारमा विभिन्न ९ वटा कम्पनीकाे लिलामी सेयर धमाधम बिक्री भइरहेकाे छ ।

लिलामीमा बिक्री भइरहेकाे सेयरहरूकाे विवरण यस प्रकारकाे छ :

१. नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ३१ गतेबाट लिलामी सेयर बिक्री गरिरहेकाे छ । संस्थाले ८० हजार कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे हाे । लगानीकर्ताले यस सेयरमा जेठ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य १६०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआइबीएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी, नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नै वैशाख १३ गतेबाट लिलामी सेयर बिक्री गरिरहेकाे छ । संस्थाले ५० हजार कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे हाे । लगानीकर्ताले यस सेयरमा जेठ १६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य १२०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल,नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

२. आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे स्वामित्वमा)

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर वैशाख १६ गतेबाट लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ५ हजार ७ सय ७० कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । उक्त सेयरकाे न्युनतम मूल्य ४९८ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले जेठ ५ गतेसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंककाे केन्द्रिय कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

३. युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे स्वामित्वमा)

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयर वैशाख १६ गतेबाट लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । बैंकले कम्पनीकाे ९४ हजार ६ सय ३९ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । उक्त सेयरकाे न्युनतम मूल्य ३२१ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले जेठ ५ गतेसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंककाे केन्द्रिय कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

४. ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे स्वामित्वमा)

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर वैशाख १६ गतेबाट लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । बैंकले संस्थाकाे २५ हजार २ सय कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । उक्त सेयरकाे न्युनतम मूल्य ४०० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले जेठ ५ गतेसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंककाे केन्द्रिय कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

५. एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ६६ हजार ७ सय ५७ कित्ता संस्थापक समूहकाे सेयरहरू वैशाख २६ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । कम्पनीकाे न्युनतम मूल्य प्रतिकित्ता ६ सय ९८ रूपैयाँ ताेकिएकाे छ । उक्त सेयरमा लगानीकर्ताले जेठ ९ गतेसम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

६. नागरिक लगानी कोष (एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा)

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहकाे सेयरहरू जेठ २ गते, आइतबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । कोषको न्युनतम मूल्य प्रतिकित्ता एक हजार ३ सय ६६ रूपैयाँ ताेकिएकाे छ । उक्त सेयरमा लगानीकर्ताले जेठ २७ गतेसम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

७. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर वैशाख ३१ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । बैंकले संस्थाकाे ६१ हजार २ सय ७८ कित्ता कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य ६ सय २६ रूपैयाँ ताेकिएकाे छ ।  उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले न्युनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

८. महुली लघुवित्त वित्तीय संस्था लिमिटेड

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर वैशाख २७ गतेबाट लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । बैंकले संस्थाकाे ५६ हजार २ सय ७० संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य ७ सय ८३ रूपैयाँ ताेकिएकाे छ ।  उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले न्युनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि जेठ १० गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

९. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयर वैशाख २७ गतेबाट लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । बैंकले कम्पनीकाे ४१ हजार ८ सय ९६ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य ४ सय ४९ रूपैयाँ ताेकिएकाे छ ।  उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले न्युनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि जेठ १० गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।