Like us!
Follow us!

शिखर इन्स्योरेन्सको हकप्रदले कति पायो रेटिङ ?

शिखर इन्स्योरेन्सको हकप्रदले कति पायो रेटिङ ?

लगानी खबर, काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे हकप्रद सेयरको रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

कम्पनीकाे चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा सम्पन्न भएकाे पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभाले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।  हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पूँजी अर्ब २८ करोड रूपैयाँ पुग्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।