लगानी खबर, काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको वैशाख ३१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ २३ गते, आइतबार कम्पनीकाे प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत् सुरू हुनेछ ।
सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।
त्यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।