Like us!
Follow us!

सेयर टिप्स : म्युचुअल फन्ड के हाे ? यसमा लगानी गर्दा कस्तो फाईदा हुन्छ ?

सेयर टिप्स : म्युचुअल फन्ड के हाे ? यसमा लगानी गर्दा कस्तो फाईदा हुन्छ ?

लगानी खबर, काठमाडौं - नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्ड पनि एक वित्तीय औजार हो । म्युचुअल फण्ड एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्रलगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ । यसरी गरेको लगानीबाट प्राप्त सम्पूर्ण प्रतिफल यस्तो कोषमा लगानी गर्ने बचतकर्ताहरुलाई नै फिर्ता गर्दछ ।

साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई  ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानी गर्ने कम्पनी भनेको म्युचुअल फन्ड हो । यँहा लगानी गर्ने हरेक लगानीकर्ता कम्पनीको समूहको सदस्य बन्दछन्।

म्युचुअल फन्ड दुई प्रकारका हुन्छन्  एक बन्दमुखी योजना र अर्को खुलामुखी योजना । यी दुई योजनाहरूका आ-आफ्नै विशेषताहरू हुन्छन् ।

खुलामुखी योजना

कुनै पनि समयमा किनबेचको लागि उपलब्ध हुन्छ । दोस्रो बजार अर्थात नेप्सेमा सूचिकृत हुँदैन । यसको किनबेच कुनै पनि समयमा खुद सम्पत्ति मूल्यको आधारमा गर्न सकिन्छ । यसमा समय निश्चित गरिएको हुँदैन । त्यसैगरी युनिटहरु पनि मागका आधारमा बढाउन सकिन्छ ।

बन्दमुखी योजना

यस प्रकारको फन्डले एकचोटी सेयर जारी गरिसकेपछि निश्चित समय अविधिभर सो योजना अन्तर्गत अर्को सेयर जारी गर्दैन। यसको निश्चित म्याचुरिटी मिति हुन्छ । उक्त मितिपछि लगानीकर्ताको लगानी फिर्ता आउँछ । बन्दमुखी योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार समेत हुन्छ ।

किन गर्ने लगानी ?

म्युचुअल फण्डमा लगानी गर्नका लागि ठूलो पुँजीको आवश्यकता पर्दैन । न्युनतम एक हजार रुपैयाँमा नै लगानीको सुरुवात गर्न सकिने भएकाले ससाना लगानीकर्ताले पनि यसबाट लाभ लिन सक्छन् । कोष प्रबन्धकहरूले म्युचल फण्डको तपÞर्mबाट कार्यसम्पादन तथा व्यवस्थापन गर्ने भएकाले बार्षिक रुपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन् । प्रोफेसनल व्यवस्थापकद्धारा व्यवस्थापन गरिने, पारदर्शी हुने, न्युन कारोबार शूल्क र सानै स्रोतबाट लगानी गर्न सकिने हुँदा नयाँ लगानीकर्ता, सेयर बजारको घटबढका बारेमा जानकारी नभएका साना लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड लाभदायक मानिन्छ । यस्ता म्युचुअल फण्डहरु लगानीको विविधिकरण र कर सुविधाका साथमा सहजै र छिटो किनबेच गर्न सकिने भएकाले पनि लगानीको सुरक्षित क्षेत्र मानिन्छ । 

यसले धेरै लगानीकर्ताको बचतलाई संकलन गरी निश्चित वित्तीय औजारमा लगानी गर्छ । व्यावसायिक व्यवस्थापकको ज्ञान तथा अनुभव (जुन व्यक्तिगत लगानीकर्तामा नहुन सक्छ) को अधिकतम उपयोग गर्छ । आकारको फाइदा उठाउँछ जुन व्यक्तिगत लगानीकर्तामा हुन सक्दैन ।

अन्य जानकारीका लागि तलकाे भिडियाे हेर्नुहाेस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।