लगानी खबर, काठमाडौं - युनिभर्सल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको नाफामा गिरावट आएको छ ।
सो अवधिसम्म कम्पनीको खुद नाफा ५६.५७ प्रतिशतले घटेर १ करोड ८४ लाख रुपैयाँ सीमित भएको छ । गत वर्ष कम्पनीले ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि ३ करोड ३९ लाखले घटेर २ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष कम्पनीले अन्य स्रोतबाट ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले हालसम्म विद्युत उत्पादन गरेको छैन । कम्पनीको हालसम्म निर्माण कार्य ९८% सम्पन्न गरिसकेको जनाएको छ ।
हाल चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ९२ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ६८ पैसा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।