Like us!
Follow us!

सिईडिबी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

सिईडिबी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

लगानी खबर, काठमाडौँ - सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) आज (वैशाख ३१ गते, शुक्रबार) बाँडफाँड भएकाे छ ।

 ग्राेलाप्रथाद्वारा गरिएकाे वितरणमा २ लाख ३४ हजार १ सय ९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यसमध्ये  ४ जनाले भने ११ कित्ता शेयर पाएका छन्  ।  बाँडफाँडमा रितपूर्वक आवेदन दिएका १६ लाख ८५ हजार ६ सय २७ जना आवेदकलाई सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ४ हजार ४ सय ४२ जना आवेदकको आवेदन रद्द भएको थियाे ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आईपीओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट  हेर्न सकिनेछ । यसका साथै, मेराे सेयर र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलकाे वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।