Like us!
Follow us!

नेपाल बैंकको ३ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

नेपाल बैंकको ३ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं - नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (वैशाख ३१ गते) अन्तिम दिन रहेको छ। 

बैंकले गत वैशाख २२ गतेबाट एक हजार रुपैयाँ अंकित दरका ३ अर्ब ५ करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्रमा निष्काशन गरेको छ । यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्काशन गरिएको हो। 

सार्वजनिक निष्काशन गरिएको १४ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार इकाइ बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ ऋणपुँजी रकमबराबरको इकाइमा सर्वसाधारणका लागि आवेदन खुल्ला गरिएको छ। 

बैंकले १० वर्षे अवधिको ‘८.५% नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्काशन गरेको हो ।  लगानीकतर्नालाई वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। 

लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले उक्त ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

609deab730453.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।