Like us!
Follow us!

सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, सेयर पाउन भाग्यको भर पर्नुपर्ने !

सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, सेयर पाउन भाग्यको भर पर्नुपर्ने !

लगानी खबर, काठमाडौं - सिईडिबि हाइड्रोपावरले वैशाख १७ गतेदेखि वैशाख २१ गतेसम्म निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (शुक्रबार) हुँदैछ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिजय लाल श्रेष्ठका अनुसार आईपीओ आज (शुक्रबार) विहान ११ बजे क्यापिटलको केन्दिय कार्यालयमा बाँडफाँड हुनेछ ।

कम्पनीको १७ लाख ३६ हजार ७०१ आवेदकले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई जारी भन्दा ११.२४ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले वैशाख १७ गतेदेखि वैशाख २१ गतेसम्म २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाउने सम्भावना छ । बाँकी १५ लाख भन्दा बढि आवेदकको हात खाली हुने देखिन्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।