Like us!
Follow us!

एशियन लाईफ इन्स्योरेन्सको नाफा ३९.३१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

एशियन लाईफ इन्स्योरेन्सको नाफा ३९.३१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीले आकर्षण प्रगति गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३९.३१ प्रतिशतले बढेर १८ करोड २१ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क पनि ४८.१० प्रतिशतले बढेर ४ अर्ब ५९ करोड ९ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख ३८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
सो अवधिसम्म कम्पनीले २ अर्ब ११ करोड ४२ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:-  

609cd5ce99193.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।