लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज (बिहीवार) देखि लिलामीमा आएको छ ।
बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक सेयर आजबाट बिक्री खुल्ला भएको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय १६ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
उक्त सेयर खरीदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकको एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।