Like us!
Follow us!

नेपाल लाईफ इन्स्योरेन्सको ८.३६ प्रतिशतले बढ्दा, ईपीएस भने घट्यो

नेपाल लाईफ इन्स्योरेन्सको ८.३६ प्रतिशतले बढ्दा, ईपीएस भने घट्यो

लगानी खबर, काठमाडौं - नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८.३६ प्रतिशतले धेरै हो ।  गत वर्षको सोहि अवधिमा कम्पनीले ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले २४ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  गत वर्षको तुलनामा यो आम्दानी ३५.४९ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो आम्दानी १८ अर्ब ४१ करोड रुपैयाँमा सीमित थियो ।

हाल चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड रुपैयाँ, इन्स्योरेन्स कोषमा १ खरब ७ अर्ब रुपैयाँ र महाविपत्ति जगेडामा ५९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।   

कम्पनीको खुद मुनाफामा वृद्धिभएपनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा रहेकोमा अहिले त्यो घटेर ९ रुपैया ३८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ९२ पैसा रहेको छ ।

609cafa061d1e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।