Like us!
Follow us!

ज्योति लाइफले गर्यो बोनस दर निर्धारण

ज्योति लाइफले गर्यो बोनस दर निर्धारण

लगानीखबर काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले २०७६ साल असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले ३ प्रकारका बीमालेख योजनाहरू सावधिक, सावधिक तथा आजीवन र अग्रीम भुक्तानीका लागि प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस  दर निर्धारण गरेको हो। 
कायम गरिएको बोनस दर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागु हुनेछ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।