Like us!
Follow us!

नेपाल टेलिकमको नाफामा २२ प्रतिशतले गिरावट, ईपीएस कति ?

नेपाल टेलिकमको नाफामा २२ प्रतिशतले गिरावट, ईपीएस कति ?

लगानी खबर, काठमाडौं - नेपाल टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थी वर्षको सोहि अवधिमा कम्पनीको यो नाफा २२ प्रतिशतले थोरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको आम्दानीमा गिरावट आएसँगै नाफा पनि घटेको हो । चैत मसान्तसम्म कम्पनीले ३१ अर्ब ६७ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिको कम्पनीले ३२ अर्ब २७ करोड २३ लाखभन्दा बढी कुल आम्दानी गरेको थियो  ।

हाल चुक्तापूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८२ अर्ब ९६ करोड ४९ लाख १४ हजार रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ ६५३ रुपैयाँ  १० पैसा रहेको छ ।

609c9b477e67a.jpg 609c9b4b484d2.JPG 609c9b4e416fe.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।