Like us!
Follow us!

९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब रेमिट्यान्स

९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब रेमिट्यान्स

लगानी खबर, काठमाडौं - चालु आर्थिक वर्ष २०७७/७८ काे ९ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा दाेहाेराे अंककाे वृद्धि भएकाे छ ।

चालु आर्थिक वर्षको ९ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ । उक्त रेमिट्यान्स गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १६.५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो ।

यस्तै, समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा याे संख्या १०.२ प्रतिशतले बढेको थियाे ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ५५.७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा याे संख्या १५ प्रतिशतले बढेको थियो । 

त्यसैगरी, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले बढेर ६ अर्ब १९ करोड डलर पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।