Like us!
Follow us!

कोरोना प्रभाव : बीमा कम्पनीका सम्पूर्ण शाखा बन्द हुने

कोरोना प्रभाव : बीमा कम्पनीका सम्पूर्ण शाखा बन्द हुने

लगानी खबर, काठमाडौं - काेराेना संक्रमणकाे जाेखिम बढ्दै गएपछि भाेलि (वैशाख ३० गते, बिहीबार) देखि उपत्यकाकाे बीमा कम्पनीहरुका सबै शाखा बन्द हुने भएका छन् । 

जिल्ला प्रशासन कार्यालय र बीमा समितिले दिएकाे निर्देशन अनुसार बीमा कम्पनीहरुका कर्पोरेट कार्यालयबाहेक सम्पूर्ण शाखाहरू जेठ १३ गतेसम्म बन्द हुने भएका हुन् ।

यसैगरी, केन्द्रिय कार्यालय पनि १० जनाले मात्रै सञ्चालन गर्नुपर्ने भएकाे छ । बीमा कम्पनीहरुले आफ्नो केन्द्रिय कार्यालय सञ्चालन गर्न र बीमा सेवा निर्वाध रुपले प्रवाह गर्न जनस्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड अबलम्बन गरी बढीमा दश जनासम्म कर्मचारी उपस्थित गराई सुरक्षित रुपले सेवा प्रवाहको व्यवस्था सुनिश्चित गर्न बीमा समितिले निर्देशन दिएकाे छ ।

त्यस्तै, काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु सञ्चालनको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्नुपर्ने छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।