Like us!
Follow us!

नेशनल इन्स्योरेन्सको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफा कति ? हेर्नुहोस्

नेशनल इन्स्योरेन्सको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफा कति ? हेर्नुहोस्

लगनीखबर, काठमाडौँ - नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ ।
कम्पनीले चौथो त्रैमाससम्ममा २० करोड ३५ लाख रूपैयाँ खुद कमाएको छ । गत वर्षको सोहि अवधीमा १७ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष ३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

चौथो त्रैमाससम्ममा कम्पनीले ४२ करोड ९७ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको छ । गत वर्ष सो कम्पनीले ६७ करोड ७० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो  । जुन रकम गत आर्थिक वर्षको तुलनामा २४ करोड ७३ लाख रुपैयाँले थोरै हो । 

कम्पनीको जगेडा कोषमा ३८ करोड २५ लाख रुपैयाँ रहेको छ भनेबीमा कोषमा एक अर्ब ९ करोड ४५ लाख रुपैयाँ छ । 

कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण हेर्नुहोस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।