Like us!
Follow us!

झिनाे अंकले बढ्यो सेयर बजार, एक दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

झिनाे अंकले बढ्यो सेयर बजार, एक दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

लगानी खबर, काठमाडौँ - आज (बुधबार) सेयर बजारमा झिनाे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.५४ अंकले बढेर २६७३.८८ मा पुगेकाे छ । नेप्से ०.०२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ४७८.३८ मा पुगेको छ ।

कूल २१५ वटा कम्पनीकाे एक कराेड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, बुधबार ३ वटा कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ भने बाँकी ९ वटा कम्पनीकाे सेयर सर्किट लेभलमा काराेबार भएकाे छ ।नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखाेला जलविद्युत र बाेटलर्स नेपाल (तराइ) काे सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यसका साथै,  विशाल बजार कम्पनी, रूरू जलविद्युत परियाेजना, समता घरेलु लघुवित्त, युनियन हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, दिव्यश्वरी हाइड्राेपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जाेशी हाइड्रोपावर र युनिलिभर नेपालकाे सेयर पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे हाे ।

हेराैं आजकाे सेयर तालिका :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।