Like us!
Follow us!

नेप्से ओरालो यात्रामा : २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से ओरालो यात्रामा : २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - बुधबार सेयर बजारले ओरालो यात्रा तय गरिरहेकाे छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.७१ अंकले घटेर २६७०.६१ विन्दुमा झरेकाे छ ।

यस्तै, बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र बाेटलर्स नेपाल (तराइ) काे सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यसैगरी,  अन्य ७ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । विशाल बजार कम्पनी, रूरू जलविद्युत परियाेजना, समता घरेलु लघुवित्त, युनियन हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, दिव्यश्वरी हाइड्राेपावर र जाेशी हाइड्रोपावरकाे सेयर पनि सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।

609b98e9e7437.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।