Like us!
Follow us!

सिईडिबी हाइड्रोपावरको आईपीओ बाँडफाँड कहिले ?

सिईडिबी हाइड्रोपावरको आईपीओ बाँडफाँड कहिले ?

लगानी खबर, काठमाडौँ - सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) भर्ने लगानीकर्ताहरूलाई अहिले कम्पनीकाे आईपीओ कहिले बाँडफाँड हाेला भन्ने चासाेकाे विषय बनेकाे छ ।

उक्त आईपीओ अर्काे साता मात्र बाँडफाँड हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार कोरोना संक्रमणका कारण डाटा भेरीफाई गर्न ढिलाइ भएकाे हुनाले अर्काे साता मात्र बाँडफाँड हुने भएकाे हाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १७ लाख ३६ हजार ७ सय जना आवेदकबाट २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन परेको छ । याे सर्वसाधारका लागि छुट्याइएकाे २३ लाख ४१ हजार ९ सय ५४  कित्ता भन्दा ११.२५ गुणा बढी आवेदन हो । यस अन्तिम तथ्यांकलाई हेर्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार ५ सय भन्दा धेरै जना आवेदक भने आईपीओ पाउनबाट वञ्चित हुनेछन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे । 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।