Like us!
Follow us!

ऋणपत्र निष्कासन गर्न यी ३ कम्पनी बोर्डको ढोकामा

ऋणपत्र निष्कासन गर्न यी ३ कम्पनी बोर्डको ढोकामा

लगानी खबर, काठमाडौं - विभिन्न ३ वटा कम्पनीले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका छन् । कृषि विकास बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेका हुन् ।

१. कृषि विकास बैंक लिमिटेड

बैंकले ४ प्रतिशत एग्रिकल्चर बोण्ड नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख १३ गते निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

२. लक्ष्मी बैंक लिमिटेड

बैंकले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख ६ गते निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।

३. माछापुच्छ्रे बैंक लिमिटेड

बैंकले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख १५ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।