Like us!
Follow us!

मेरो माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम मौका

मेरो माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर भर्ने आज (वैशाख २९ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले संस्थाकाे ६२ हजार ३ सय ८८ कित्ता संस्थापक समूहकाे सेयरहरू वैशाख २३ गते, बिहीबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । उक्त सेयरकाे न्युनतम मूल्य ५ सय ७६ रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले आजसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।