Like us!
Follow us!

गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क आम्दानी १२२.६८ प्रतिशतले बढ्यो, अन्य सूचक के भए ?

गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क आम्दानी १२२.६८ प्रतिशतले बढ्यो, अन्य सूचक के भए ?

लगानी खबर, काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १० करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २४.५१ प्रतिशतले धेरै हो ।  गत वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ३७ लाख ६० हजार खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब ४ करोड ९२ लाख ५४ हजार कुल बीमाशुल्क आर्जन गरेको छ ।  गत वर्षको तुलनामा यो आम्दानी १२२.६८ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो आम्दानी १ अर्ब ३६ करोड ९३ लाख १५ हजार रुपैयाँमा सीमित थियो ।

हाल चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ  जगेडा कोष रकम पनिरहेको कम्पनीको जगेडा कोषमा ५२ करोड ३१ लाख १४ हजार रुपैयाँ रहेको छ ।  यस्तै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३१ पैसा रहेको छ । 
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :-

609b56acc2c78.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।