Like us!
Follow us!

जनउत्थान लघुवित्तको नाफासँगै अघिकांश सूचकमा चमक, ईपीएस कति ?

जनउत्थान लघुवित्तको नाफासँगै अघिकांश सूचकमा चमक, ईपीएस कति ?

लगानी खबर काठमाडौं - जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ९३.०४६ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ८२ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १२१.५९ प्रतिशतले बढेर २ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ३० लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि बढेर ११ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ र जगेडा कोषमा १२ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ १ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३९.३१ गुणा रहेको छ ।

609b44acc02f8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।