Like us!
Follow us!

नेप्सेमा अपि पावर र एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेप्सेमा अपि पावर र एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको हो । 

अपि पावर कम्पनी

कम्पनीकाे २९.३८ प्रतिशत हकप्रद सेयरपछी नेप्सेले प्रतिकित्ता २ सय ९६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ३ सय ५३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासनको मिति तय नगरेपनि बुक क्लोज भने वैशाख २९ गते (एक दिन) गरेको छ । बुक क्लोजको आधारमा अपि पावरको हकप्रद सेयर वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र भर्न सक्नेछन् । कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर विक्री गर्ने भएको हो । हकप्रद सेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

एभरेष्ट इन्स्योरेन्स कम्पनी

कम्पनीकाे ८ प्रतिशत बोनस सेयरपछी नेप्सेले प्रतिकित्ता ७ सय २० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ७ सय ७८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ११ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख २९ गते बुक क्लोज गरेको छ । उक्त सभामा कम्पनीले ८ प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ ।  बुक क्लोजको आधारमा वैशाख २८ गतेसम्म कायम सेयरधनीहरु मात्र एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउने भएका हुन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।