काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा १५ दिन थप गर्दै जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
त्यस्तै प्रजिअहरुको बैठकले हालसम्म विकास निर्माणका कामहरु सञ्चालन भईरहेको भएतापनि अब राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।
बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको छ । अहिले सम्म विवाह, ब्रतबन्ध जस्ता कार्यक्रमहरुमा १५ जनासम्म सहभागि हुन अनुरोध गरिएको थियो ।
अब किराना पसल र डिपार्टमेन्टल स्टोरहरुपनि बिहान १० बजेसम्म खोल्न पाईने भएको छ । हाल ९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरिएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।